प्रधानमन्त्री नियुक्तिका लागि विश्वासको मत प्राप्त गर्ने आधार पेश गर्न राष्ट्रपतिले दिएको समयसीमा छोटिँदै गर्दा दलहरुले आन्तरिक छलफल तीव्र बनाएका छन् ।
विपक्षी दलहरु वैकल्पिक सरकार बनाउने प्रयासमा जुटेका छन् भने सत्तारुढ एमालेका नेताहरुले जनता समाजवादी पार्टी (जसपा)ले साथ दिए दाबी गर्ने बताएको छ ।
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो दलले निकास दिने दाबी गरेका छन् ।
सिंहदरबारमा आफ्नो पक्षका सांसदहरुसँग छलफल गर्नुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ठाकुरले मध्यान्ह १२ बजे अर्का अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुसँग छलफल हुने बताए । उनले अघि भने, ‘हामी निकास दिन्छौं ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।