झापाको कमल गाउँपालिकामा स्कारपियोको ठक्करबाट गए राति पैदलयात्रीको मृत्यु भएको छ ।
कमल गाउँपालिका–३ सानो केर्खामा प्रदेश३–०१–०२४च ४५३५ नंको स्कारपियोले पैदलयात्री शिवसताक्षी नगरपालिका–१ का ६२ वर्षीय साने दर्जीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली गई ठक्कर दिने स्कारपियो र चालकलाई नियन्त्रणमा लिएको छ भने घटनाबारे अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।