नेकपा एमालेका नेता तथा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राष्ट्रिय सभाको उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’ पराजित भएपछि कडा प्रतिक्रिया जनाएका छन् ।
उनले नेकपा एमालेबाट उम्मेदवार बनेका बादल पराजित हुनुमा आफ्नै पार्टीका नेताहरुबाट अन्तर्घात भएको आसय पोख्दै ‘दुध ख्वाएर पालेका साँपले डसे’को जनाएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘दुध ख्वाएर पालेका साँपले डसेका हुन् । विपक्षीसँगै कुनै गुनासो छैन,समयको अन्त्य हैन नयाँ सुरुवात मात्र ।’
आज भएको बाग्मती प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा ‘बादल’लाई पराजित गर्दै डाक्टर खिमलाल देवकोटा निर्वाचित भएका हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।