शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

जेठ ९ गते संसदको अधिवेशन बोलाउन सरकारको सिफारिस


  • बिहिबार, जेष्ठ ६ २०७८
13.8K
SHARES

सरकारले जेठ ९ गते आइतवारदेखि संसदको बजेट अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार साँझ बसेको मन्त्रिपरिषद् बैठकले जेठ ९ गतेका लागि संसदको अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिनको लागि संसदको अधिवेशन बोलाउने तयारी गरेका थिए ।

बिहीवारको बैठकमा ओलीले विश्वासको मत नलिई धारा ७६ उपधारा ५ अनुसारको सरकार गठनका लागि मार्गप्रशस्त गर्ने निर्णय सुनाएका थिए ।

जेठ १५ गते बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भए पनि प्रधानमन्त्रीले विश्वासको मत नलिई अल्पमतको सरकारले बजेट ल्याउन नमिल्ने बहस हुँदै आएको थियो ।

संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका ओलीले उपधारा ४ बमोजिम एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्छ । विश्वासको मत प्राप्त नभएमा उपधारा ५ को प्रक्रिया शुरू हुन्छ ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले भर्खरै विश्वासको मत प्राप्त नभएर धारा ७३ को उपधारा ३ बमोजिम सरकार बनेकाले उपधारा ४ बमोजिम जाँदा पनि विश्वासको मत प्राप्त हुन आधार नभएकाले मार्ग प्रशस्त गर्न खोजिएका बताए ।

संसदको अधिवेशन बोलाउन सिफारिस गरेपनि बजेट कसरी ल्याउने भन्ने अन्योल कायमै रहेको देखिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा