नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य दिव्यमणी राजभण्डारीले कोभिड–१९ नियन्त्रण तथा रोकथाम अभियानका लागि आफ्नो सहयोग सहयोग गरेका छन् । उनले विहिबार रवि लामिछाने फाउण्डेशनले सञ्चालन गरिरहेका अस्पतालका लागि २ लाख तथा नेपाली काँग्रेस क्षेत्र नं ४ ले सुरुवात गरेको अैचो–पैचों कार्यक्रमका लागि १ लाख प्रदान गरेका हुन् ।
कोरोना भाइरस नियन्त्रणका लागि भण्डारीले करुणा जगाऔ, कोरोना भगाऔं अभियानमा लाग्न सबैलाई आग्रह समेत गरेका छन । मनकारी व्यक्तिहरुका कारण नै हामी समाजका सबैखाले समस्याको समाधान गर्न सक्छौ उनले बताएका छन ।
केहि दिन अघि उनले विदेशी तथा दातृ नियकाएका विशिष्ट व्यक्तिहरुलाई समेत सहयोगका लागि अनुरोध गरेका थिए । नेपाली काँग्रेसको तर्फबाट ससदमा प्रतिनिधीत्व गर्ने भण्डारी समाजिक कार्यक्रमा निकै अग्रसर भएर कार्य गर्ने नेताका रुपमा परिचित छन । सत्कर्मको प्रचार आवश्यक नहुने उनको भनाई रहेको छ । गत वर्ष कोरोनाका सक्रमण सुरुवात हुँदा सासदका रुपमा भत्ता नलिने, आफ्नो घरमा रहेकाहरुलाई घरभाडा मिनाहा गर्ने, आफ्नो क्षेत्र भित्रको बुढानिलकण्ठ नगरपालिकाको विपद् व्यबस्थापन कोषमा सहयोगको सुरुवात गर्नेदेखि स्वास्थ समाग्री तथा अन्य आवश्यक सर-समाग्रीहरु वितरण गर्ने कार्य समेतको नेतृत्वदायी भुमिका रहेका थिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।