शनिबार, साउन ९ २०८३
ताजा अपडेट

राष्ट्रियसभा उपनिर्वाचनमा ३३८ मत खस्यो, आजै नतिजा आउने


  • बिहिबार, जेष्ठ ६ २०७८
11.4K
SHARES

फाइल तस्विर

वाग्मती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनमा मतदान सकिएको छ । बिहीबार दिउँसो ३ बजेसम्म १०५ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख २३३ जना गरी ३३८ जनाले मतदान गरेका छन् ।

स्थानीय तहका ५ जना र प्रदेशसभाका ५ जनाले मतदान नगरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उपनिर्वाचनमा वागमती प्रदेशसभा सदस्य ११० तथा बागमती प्रदेशअन्तर्गतका पालिका प्रमुख र उपप्रमुख २३८ जना गरी ३४८ मतदाता छन् ।

मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको छ, विवेकशील साझा पार्टीका ३ जनाले मतदान बहिस्कार गर्ने घोषणा गरेका थिए ।

निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ ।

वाग्मती प्रदेशबाट चयन हुने एक जना राष्ट्रियसभा सदस्यका लागि भएको मतदानमा नेकपा एमालेबाट रामबहादुर थापा बादल, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको माधवकुमार नेपाल समूहको समर्थनमा डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।

बिहीबार नै मतगणना गर्ने र साँझसम्म नतिजा आउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानूनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा उपनिर्वाचन गरिएको हो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा