शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

एमालेको स्थायी कमिटी बैठक सुरू


  • बिहिबार, जेष्ठ ६ २०७८
14.1K
SHARES

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरू भएको छ। प्रधानमन्त्री निवास वालुवाटारमा सुरु भएको बैठकमा पार्टीभित्रको पछिल्लो अवस्थाबारे छलफल हुने बताइएको छ।

एमाले पार्टी भित्रको विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षले कार्यदल गठन गरे पनि कार्यदलको बैठक एक पटक मात्रै बसेको छ।

तीन दिन समय पाएको कार्यदलले आफ्नो अवधिमा एउटा मात्रै बैठक राखेको हो।

बिहिबार बस्ने भनिएको कार्यदल बैठक अन्तिम समयमा स्थगित भएको थियो। कार्यदलको बैठक आज ५ बजेको लागि बोलाइएको छ।

राष्ट्रिय सभाको उपनिर्वाचनलाई समेत मध्यनजर गरेर आजको बैठक बोलाइएको हो।

राष्ट्रिय सभा उपनिर्वाचनमा ओली र नेपाल पक्षरले आ-आफ्ना उम्मेदवार उठाएका छन्। ओलीका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल उमेदवार छन्।

नेपालका तर्फबाट खिमलाल देवकोटा उम्मेदवार बनेका छन्। बागमती प्रदेशका प्रदेश र स्थानीय तहमा एमालेको बहुमत रहे पनि नेपाल पक्ष विभाजित हुँदा मत बाँडिने निश्चित छ।

देवकोटलाई कांग्रेस-माओवादीको समर्थन छ। बादल एमाले उमेदवार हुन् भने देवकोटा स्वतन्त्र हुन्। बादलको जित हारले एमालेको एकतालाई निर्धारण गर्ने ओली पक्षीय नेताले सार्वजनिक गरेका छन्। बालुवाटारको बैठकमा राष्ट्रिय सभा उपनिर्वाचनबारे समेत समीक्षा हुने स्रोतको भनाई छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा