मन्त्रिपरिषद्को बैठक बस्दैछ । दिउँसो २ बजे बोलाइएको एमाले स्थायी समिति बैठक लगत्तै मन्त्रिपरिषद् बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए।
बिहीबार बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटको विषयमा छलफल हुने एजेण्डा रहेको ती मन्त्रीले जानकारी दिए । संवैधानिक व्यवस्था अनुसार बजेट पेस गर्ने मिति (जेठ १५) आउन अब ९ दिन बाँकी छ । तर सरकारले संसदको बजेट अधिवेशन बोलाएको छैन ।
प्रतिनिधि सभा नियमावलीमा बजेट पेस हुनुभन्दा १५ दिन अघि नै प्रि-बजेट छलफल समाप्त भइसक्नुपर्ने भन्ने व्यवस्था छ । यो व्यवस्था अनुसार वैशाख मसान्तमै प्रि-बजेट छलफल सकिनुपर्थ्यो । तर सो समयमा संसद अधिवेशन नै आह्वान गरिएन ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।