शनिबार, साउन ९ २०८३
ताजा अपडेट

घाटा देखाएर महामारीमा इन्धनको मूल्यवृद्धि किन गरेको सरकार ?


  • बुधबार, जेष्ठ ५ २०७८
15K
SHARES

नेपाल आयल निगमले शुक्रबार डिजेल, मट्टितेल र पेट्रोलमा २‍-२ रुपैयाँ मूल्य बढायो । बढाए संगै माहामारीले थलिएका जनतालाई राहात दिनु को साटो झन झन मुल्यबृद्दी गरेर तर्साउने काम आएल निगमले गरेको छ ।

महामारीकै बीचमा विज्ञप्ति निकाल्दै निगमले भन्यो, ‘मूल्य समायोजनपछि…. सामान्य बिक्रीको अवस्थामा पाक्षिक रुपमा निगमलाई ११० करोड घाटा हुने देखिन्छ ।’

वास्तविकता भने १५ दिनमा यत्रो घाटा हुने अवस्था छैन । कोरोना महामारीका कारण अहिले निगमको बिक्री सामान्य अवस्थाको जस्तो छैन । महामारीमा पनि माग थोरै मात्र घटेकोले एलपीजी ग्यासमा भने १५ दिनमा करिब ५४ करोड घाटा हुने देखिन्छ ।

जस्तो अबस्था भए पनि आम सर्बसाधारण लाई सास्तिहुने गरि मुल्य बढाउनु यो महामारीको समयमा उचित नहुने जानकारहरु बताउछन ।

निगमका अनुसार अहिले पेट्रोलमा प्रतिलिटर ८.५६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ४.४६ र ग्यासमा प्रतिसिलिन्डर ३७५.१३ रुपैयाँ घाटा छ । तर, महामारी नियन्त्रण गर्न जिल्लाहरुमा जारी निषेधाज्ञाका कारण पेट्रोलियम पदार्थ (तेल)को माग खुम्चिएको छ । निगमले पुरानै माग र आपूर्तिको आधारमा हिसाब गरेर धेरै घाटा हुने देखाएको छ । निगमका प्रवक्ता विनीतमणि उपाध्यायका अनुसार अहिले डिजेलेको बिक्री ५० प्रतिशत घटेको छ । निषेधाज्ञाअघि दैनिक ७ हजार किलोलिटरभन्दा बढी बिक्री हुने डिजेल अहिले ४ हजारदेखि ४२ सय किलोलिटरसम्म झरेको उनले बताए ।

त्यसैगरी पेट्रोलको बिक्री पनि ५० देखि ६० प्रतिशत कम भएको छ । सामान्य अवस्थामा २५ सय किलोमिटरसम्म बिक्री हुने पेट्रोल अहिले १०० देखि १२ सय किलोलिटर बिक्री भइरहेको छ । १६ वैशाखमा निषेधाज्ञा लागू भएपछि निगमले १९ गते विज्ञप्ति निकालेर ‘१०० करोड घाटा लाग्ने अवस्था रहेपनि नागरिक हितका लागि मूल्य समायोजन नगर्ने’ भनेको थियो । निगमका अनुसार, त्यसबेला पेट्रोलमा प्रतिलिटर ८.७६ रुपैयाँ, डिजेलमा प्रतिलिटर ३.४२ र ग्यासमा प्रतिसिलिन्डर ३७५.१३ रुपैयाँ घाटा थियो । जबकि, डिजेल र पेट्रोलको माग घटिसकेकाले त्यसबेला पनि निगमलाई १५ दिनमा १०० करोड घाटा हुने अवस्था थिएन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा