शनिबार, साउन ९ २०८३
ताजा अपडेट

मन्त्रिपरिषद् आजै विस्तार, दोहोरिए पुरानै अनुहार


  • बुधबार, जेष्ठ ५ २०७८
9.8K
SHARES

तस्विरः फाइल

गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आजै २ बजेपछि मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । वैशाख २९ गते पुनर्नियुक्त भएका मुख्यमन्त्री गुरुङलाई बीचमा कोरोना संक्रमण देखिएपछि मन्त्रिमण्डल विस्तारमा ढिला भएको हो ।

मंगलबारसम्म भौतिक र अर्थमन्त्रालयमात्रै विस्तार गरेर प्रि-बजेटको तयारी थाल्ने मनस्थितिमा मुख्यमन्त्री गुरुङ थिए । यसअघि उनी पूर्वमन्त्रीत्रय रामशरण बस्नेत, किरण गुरुङ र राजीव गुरुङ ‘दीपक मनाङे’ लाईमात्र दोहोर्‍याउने पक्षमा थिए ।

तर, मंगलबार साँझ भएको छलफलमा आन्तरिक विरोध भएपछि पुरानैमन्त्रीहरु दोहोरिने पक्का भएको मुख्यमन्त्री सचिवालय स्रोतले जानकारी दिएको छ । ‘सुरुमा २ मन्त्रीमात्रै नियुक्त गरेर नीति तथा कार्यक्रम, प्रि-बजेटको तयारी गर्ने मुख्यमन्त्री ज्यूको योजना थियो,’ स्रोतले भन्यो, ‘तर, साँझ पार्टीसँगको छलफलमा सबैले पुरानै दोहोर्‍याउन सुझाव दिएपछि सहमत हुनु भएको हो ।

यसअघिको मन्त्रिमण्डलमा समाजिक विकास मन्त्रालय नरदेवी पुन मगर, पर्यटन विकास लम्साल, आर्थिक तथा मामिला किरण गुरुङ, भौतिक विकास रामशरण बस्नेत र युवा तथा खेलकुद मन्त्रालय राजीव गुरुङ ‘दीपक मनाङे’ ले सम्हाल्दै आएका थिए । यी मन्त्रालयमा पुरानै मन्त्रीहरु दोहोरिने पक्कापक्की भइसकेको स्रोतले जानकारी दिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा