५ जेठ काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन् ।
गण्डकी प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतले प्रदेश प्रमुख सीताकुमारी पौडेलमार्फत वैशाख २९ गते सपथ लिएका गुरूङले आज मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका हुन् ।आज ३ जनासम्म मन्त्री बन्न सक्ने र बाँकी विश्वासको मत लिएपछि नियुक्त गर्ने तयारी छ,’ मुख्यमन्त्री गुरुङको सचिवालय स्रोतले भन्यो । मुख्यमन्त्री गुरूङले आज अर्थमन्त्री गुरूङ गुरूङ र भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई दोहोर्याउन लागेको स्रोतले बतायो ।
२७ गते संसदमा आफूमाथि पेश अविश्वासको प्रस्तावमा मतदान हुने पक्का भएपछि २६ गते नै राजीनामा दिएका मुख्यमन्त्री गुरूङले १ महिनाभित्र विश्वासको मत लिनु पर्ने छ ।१२ मन्त्रालयसम्म रहन सक्ने गण्डकी प्रदेशमा आफू संकटमा परेपछि मुख्यमन्त्री गुरूङले सामाजिक विकास मन्त्रालय फुटाएर दीपक मनाङ्गेलाई युवा तथा खेलकुद मन्त्री बनाएपछि ८ मन्त्रालय पुगेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।