नवलपरासी पश्चिमको दाउन्नेमा बस दुर्घटना भएको छ । दुर्घटनामा चार जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट रुकुम पश्चिमको लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस दाउन्नेको जंगलमा खुर्सानीखोलाबाट खसेर दुर्घटना भएको हो ।दुर्घटनामा चार जनाको घटनास्थलमै ज्यान गएको हो ।
दुर्घटनाको खबर पाएपछि घटनास्थल पुगेको प्रहरीले चार जनाको शव भेटाएको नवलपरासी पश्चिमका प्रहरी प्रवक्ता डीएसपी राजु लामाले जानकारी दिए ।दुघर्टनामा घाइते भएर पनि भागेका बस चालकलाई प्रहरीले पक्राउ गरेर अस्पताल पुर्याएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।