काठमाण्डौमा डेरा गरी बस्ने–५७ वर्षीया हरी मगर दिनभर ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्दै आएका थिए तर लकडाउन भए संगै अहिले काम ठप्प छ । उनलाई कोरोना रोगको भन्दा छाक कसरी टार्ने भन्ने ठुलो चिन्ता छ उनि दिन भर सडकमा टोलाउछन काम पाईन्छकी भनेर बाटो हेर्छन तर सबै बन्द छ काम पाईदैन निरास हुदै डेरामा फर्किन्छन उनी भन्छन जसो तसो आज सम्म त खाईदैछ अब के गर्ने ठुलो चिन्ता छ।
त्यस्तै घर सिन्धुपाल्चोक बताउने ५३ वर्षीया रामलाल दर्जीलाई पनि बन्दाबन्दीका समयमा कसरी दैनिक गुजारा चलाउने भन्ने चिन्ताले सताएको रहेछ । अन्य समयमा अरुका घरमा गएर दैनिक मजदूरी गरेर दुई छाक जुटाउने उनले बन्दाबन्दीपछि कसैका घरमा काम पाएका छैनन भन्छन अब हामी के खाने सारै गारो बनायो बन्दले रोगले भन्दा भोकले मरिन्छकि जस्तो भयो ।
सरकारले कोरोनाबाट बच्नका लागि बन्दाबन्दी गरेसँगै गरीब तथा अतिविपन्न परिवारमा भोकको चिन्ताले सताएको छ । उनीहरुलाई रोग सर्छ, बाहिर जानु हुँदैन भन्ने थाहा छ तर के गर्नु छाक टार्न काम नगरी नहुने बाध्यताछ मजदुरहरु संग ।
सबै मजदुरहरुलाई बाहिर निस्कनु हुँदैन भन्ने पनि थाहा छ तर ननिस्किए खान पुग्ने अबस्था छैन, पहिलेको साल त दाल चामल थोरै थोरै पाइएको थियो तर यो पटक त खै कसैले सहयोग गरेको छैन । अब त कसैले दिँदैन पनि होला । गरीब तथा अतिविपन्न परिवारलाई स्थानीय तहले राहत वितरण पोहोरसाल गरेको थियो तर यो पटकको लकडाउनमा छाक टार्न हम्मे हम्मे परेको मजदुरको गुनासो छ ।
बन्दाबन्दीले महिना दीन हुन लागि सक्यो । यस अबधिमा बाहिर निस्कन हुदैन मात्र भन्छन तर हामी जस्ता मजदुरलाई खानको समस्या छ खै कसले हेर्छ ? यसरीनै लकडाउन हुदैजाने अनि मजदुरी गर्ने ठाउ नपाईने हो भने अब बिचल्नि बन्ने चिन्ता छ मजदुरहरुलाई ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।