शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

बीएण्डसीलाई सम्बन्धन नदिन डा.केसीको माग


  • मंगलबार, जेष्ठ ४ २०७८
20.6K
SHARES

फाइल तस्बिर

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीले काठमाडौं विश्वविद्यालयले झापाको बिएण्डसी प्रस्तावित मेडिकल कलेजलाई सम्बन्धन नदिन माग गरेका छन् ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै  डा.केसीले विश्वविद्यालयका पदाधिकारीहरूले फर्जी कागज बनाएर आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गइ निर्णय गरेको भन्‍दै उनीहरुमाथि भ्रष्टाचारको मुद्दा चलाएर पदमुक्त गर्न माग गरेका हुन् ।

उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘एउटा निजी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरुले चालेको अवैध कदमप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सिंगो देश कोभिडको कहरबाट गुज्रिरहेको समयमा निरीक्षणको फर्जी कागज बनाएर आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गई निर्णय गर्ने केयुका उपकुलपति भोला थापा लगायतका पदाधिकारीहरु पदीय दुरुपयोग र भ्रष्टाचारमा चुर्लुम्म भएको प्रमाणित भएको छ । त्यसैले उनीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्काल भ्रष्टाचारको मुद्दा चलाएर पदमुक्त गरिनुपर्छ ।’

यस्तै डा.केसीले केसीले हाल कायम ऐनका प्रावधानहरू नै कुल्चेर चिकित्सा शिक्षा आयोगलाई बाइपास गर्दै केयुले अवैध रूपमा सम्बन्धन दिने प्रयास गर्नु निन्दनीय रहेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री र शिक्षामन्त्रीको ठाडो आदेशमा त्यस्तो निर्णय भएको भन्दै केसीले भनेका छन्, ‘प्रधानमन्त्री र शिक्षामन्त्रीको ठाडो आदेशमा त्यस्तो निर्णय भएको प्रस्टै छ । विज्ञहरु सम्मिलित आयोगलाई लत्याउँदै भ्रष्ट र आपराधिक चरित्रका नेताहरुको इशारामा हुने यस्तो कुनै पनि निर्णय हाम्रा लागि स्वीकार्य छैन ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा