शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु


  • मंगलबार, जेष्ठ ४ २०७८
11.7K
SHARES

फाइल तस्बिर

झापामा जंगली हात्तीको आक्रमणबाट फेरि एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा मेचीनगर ९ का ४५ वर्षीय श्याम राई रहेका छन् । आज बिहान मेचीनगर ९ स्थित मागुरमारी सामुदायिक बन बिट न.१ बाट निस्किएको एउटा जंगली हात्तीलाई खेदाउने क्रममा राईलाई अचानक हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट घाईते राईको उपचारका क्रममा मेची अस्पताल भद्रपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

६ दिनअघि कमल गाउँपालिका ३ बस्ने ४४ वर्षीय जितबहादुर लिम्बूको पनि हात्तीकै आक्रमणबाट ज्यान गएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा