भारतको शक्तिशाली चक्रवातको प्रभाव नेपालमा पनि सोमबारबाट देखिन सुरु भएको छ । मौसम पूर्वानुमान महाशाखाकाका अनुसार अरब सागरबाट प्रारम्भ भएको चक्रवातको असर नेपालमा देखिन थालेको हो ।
मौसमविद मीनकुमार अर्यालले आफूहरुले सोमबार दिउँसो वा साँझबाट असर देखिएला भन्ने अनुमान गरे पनि बिहानैबाट उपत्यकामा आंशिक प्रभाव पारिसकेको बताए ।
‘चक्रवातका कारण देशको पश्चिमी आकाशमाथि सेतो बादल अहिले गरागरा रेसारेसा भएर देखापरेको छ’, उनले भने ।
भारतमा यसको असर तिब्र देखिन थालेको छ । अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई अन्य स्थानमा सार्ने काम भइरहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।