शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

२०१८ पश्चात रोनाल्डो मेस्सीको तुलनात्मक खेल, तथ्यांकमा को अगाडी ?


  • सोमबार, जेष्ठ ३ २०७८
15.8K
SHARES

फाइल तस्बिर

विश्व स्तरीय फुटबलका शिर्ष खेलाडीको रुपमा परिचित  क्रिस्टियानो रोनाल्डो साथै लिओनेल मेस्सी विच प्रतिस्पर्धा दशक देखि चल्दै आएको छ । गोल तथ्यांक होस् या विभिन्न रेकर्ड यी दुई विच प्राय तुलना भइरहने गर्दछन । पछिल्ला १२ मध्येका ११ बालोन डी’ओर यी दुई विच बाडिएको छ ।  स्पानिस राजधानी मड्रिड छाडेका रोनाल्डोले अविश्वासनीय युभेन्ट्स ट्रान्सफर लिएका थिए । उता मेस्सी भने सदाझैँ क्लब बार्सिलोनामा नै आवर्द छन् ।

तर २०१८ मा रोनाल्डोले ट्रान्सफर लिएसंगै यी दुई विच तुलनात्मक खेल र गोल साथै विभिन्न गतिविधि के कस्ता छन् त रु प्लानेट फुटबलले तयार पारेको रिपोर्ट अनुसार रोनाल्डो मेस्सी विच २०१८ पश्चात भएको कुल खेल संख्या साथै गोल र पेनाल्टीसंगै गोल औसतको तथ्यांक यस प्रकार रहेको छ ।

लिओनेल मेस्सी– रोनाल्डोको बहिर्गमन पश्चात बार्सिलोना कप्तान लिओनेल मेस्सीले कुल १४० खेल खेलेका छन् । सुरुवाती १२९ साथै अतिरिक्त खेलाडीको रुपमा ११ पटक बार्सिलोनाका निम्ति खेलेका उनले कुल ११९ गोल गरेका छन् । उनले उक्त दौरान ६३ एस्सिस्ट समेत गरेका छन् । कुल गोलको १७ गोल भने उनले पेनाल्टी मार्फत गरेका थिए ।

तथ्यांक अनुसार मेस्सीले प्रत्यक १०० मिनेटमा एक गोल गरेका छन् । पेनाल्टी बाहेक प्रत्यक ११७ मिनेटमा मेस्सीको एक गोल दर्ता छ । गोल एस्सिस्टलाई हेर्दा मेस्सीले प्रत्यक ६५ मिनेटमा गोल वा एस्सिस्ट गरेका छन् ।च्याम्पियन लिग तथ्यांक हेर्दा मेस्सीले बार्सिलोनालाई एक पटक सेमी फाइनल, एक पटक क्वाटरफाइनल साथै एक पटक अन्तिम १६ सम्म पुर्याएका थिए । जहाँ उनले २० गोल र ९ एस्सिस्ट उक्त समयावधि भित्र गरेका थिए ।रोनाल्डोको बहिर्गमन पश्चात मेस्सीले ३ ट्रफी बार्सिलोनालाई जिताएका थिए ।

क्रिस्टियानो रोनाल्डो– हालसम्म मड्रिडको बहिर्गमन पश्चात पुर्बी मड्रिड स्टार युभेन्ट्स मै आवर्द छन् । उनले उक्त पश्चात १३१ खेलमा आफ्नो समाबेशी युभेन्ट्स टोलीमा गराए । सुरुवाती टोलीमा १२६ र ५ पटक अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए । हालै रोनाल्डोले युभेन्ट्स इतिहासमा १०० औ गोल पुरा गरेका थिए । इन्टर मिलान विरुद्धको नतिजा सहित रोनाल्डोको गोल संख्या १०१ औ रहेको छ । साथै खेक संख्या समेत १३२ खेल पुरा भएको छ ।

उनले युभेन्ट्स प्रवेशसंगै २२ एस्सिस्ट पुरा गरेका छन् भने २९ पेनाल्टी गोल गरेका छन् । तथ्यांक अनुसार रोनाल्डोले प्रत्यक ११३ मिनेटमा १ गोल गरेको तथ्यांक छ । पेनाल्टी गोल बाहेक रोनाल्डोले प्रत्यक गोल १५७ मिनेटमा गरेका छन् । प्रत्यक ९२ मिनेटको खेलमा एक एस्सिस्ट वा गोल रोनाल्डोले गरेको तथ्यांक छ ।च्याम्पियन लिग युभेन्ट्सबाट रोनाल्डोले टोलीलाई क्वाटरफाइनल एक पटक, अन्तिम १६ दुई पटक पुर्याएका थिए । उनले च्याम्पियन लिग अन्तर्गत १४ गोल पुरा गरेका थिए ।उपाधि जित तर्फ युभेन्ट्सबाट रोनाल्डोले ४ ट्रफी जिताएका थिए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा