काठमाडौँ । युवा व्यावसायी द्धय सुनिल शाह र सुनिल महर्जनको संयुक्त अगुवाइमा भएको निःशुल्क भोजन कार्यक्रमको आज सातौँ दिन पुगेको छ ।
आफ्नो छाक काटेर गरिव, दुःखीको एक छाक टार्न गरिएको उक्त भोजन सेवाको सातौँ दिन आज पुगेको हो ।

गत सोमबारबाट थापाथली स्थित प्रसुती गृह पछाडीको युएन पार्कमा मजदुर, असहाय तथा सडक व्यक्तिहरुलाई निःशुल्क दैनिक रुपमा बेलुकाको खाना खुवाइएको थियो । आजबाट सो भोजन सोवालाई बन्द गरिएको छ ।

पूर्व उद्घोष गरे अनुसार नै आजबाट निःशुल्क भोजन सेवा बन्द गरिएको भोजन सेवा अभियानका सहयोगी चानस बहादुर गिरीले केटिएम खबरलाई बताए । उनी भन्छन्, हामीले सात दिनको लागि निःशुल्क भोजन सेवा कार्यक्रम सञ्चाल गरेका थियो । सो अनुसार नै आज समापन गरेका हौँ ।

बेलुका ४ः१५ बजेबाट गरिएको खाना वितरण कार्यक्रममा दैनिक ४५० भन्दा बढी व्यक्तिलाई जुस, खाना, मास्क तथा खानेपानी पनि वितरण गरिएका थियो ।

आजबाट निःशुल्क भोजन सेवालाई समापन गरेको छौँ, यद्यपी वास्तविक समस्यामा परेकाहरुलाई भने व्यक्तिगत रुपमा सहयोग गर्ने प्रतिवद्धता गर्छु निःशुल्क भोजन सेवाका मुख्य अभियान्ता तथा व्यावसायी सुनिल शाहले केटिएम खबरलाई बताए ।

शाह भन्छन्, हामीले आफ्नो छाक काटेर भए पनि मजदुर, विपन्न परिवारलाई सात दिनसम्म राहत प्रदान गर्यौ । यसबाट अन्य सामाजिक अभियान्ताहरुको पनि ध्यान जाओस् भन्ने उद्देश्यले यस कार्यको सुरुवात गरेको हौँ । आशा छ यस कार्यलाई अन्य मनकारी मनहरुले निरन्तरता दिनुहुनेछ । केही व्यक्तिहरु वास्तविक पिडामा हुनुहुदोँ रहेछन् । केहीलाई आर्थिक सहयोग पनि गर्यौ । थप सहयोग आवश्य परे सम्झनु पनि भनेका छौँ । आज मात्र नै १५ दिनको सुत्केरी आफ्नो नानी सहित खाना खान आउनु भएको थियो । उहाँको वास्तविक पिडालाई बुझेर मेरो साथी धर्बेन्द्र जेसवालले रु २५ सय सहयोग गर्नु भयो । अन्य सहयोगी मनहरुले पनि सहयोग गर्नु भयो । यसका लागि धन्यवाद दिन्छु । आज समापनको दिन भएर पनि निःशुल्क भोजन सेवाबाट लाभांवित व्यक्तिहरु सबैले हामीलाई धन्यवाद दिनु भयो । यसबाट सेवा गर्न उप्रेरणा मिलेको छ । सामाजिक काममा हौँसला प्रदान गर्नुहुने मेरो बुवा राजेन्द्र शाह, आमा कैलाशो देवी शाह तथा मेरा दाजु–भाईहरुहरु प्रती आभार व्यक्त गर्छु ।

खाना खुवाउने अभियानका अर्का सदस्य सुनिल महर्जन भन्छन्–वास्तविक पिडामा परेकाहरु हाम्रो सेवा प्रदान गर्ने अवसर मिल्यो । यसबाट सामाजिक जिम्मेवारी निर्वाह पुरा गरेको महशुस भएको छ । स्वयसेविका भुमिकामा निर्वाह गर्न सहयोग गर्ने लायन्स क्लब इन्टरनेशनल ए २ अन्तर्गतका क्लबहरु तथा अन्य सहयोगी व्यक्तिहरुलाई धन्यवाद दिन्छु ।


























