शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

इम्युन सिस्टम स्ट्रोङ छ, यो तहमा संक्रमण वृद्धि हुँदैन भन्ने ठानेको थिएँ’


  • आइतबार, जेष्ठ २ २०७८
13.7K
SHARES

तस्विरः फाइल

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को संक्रमण यो तहमा बढ्ला भनेर आफूले आँकलन नगरेको स्वीकार गरेका छन् ।

नेपालमा कोरोना महामारी भित्रिएको बेला गत वर्ष प्रधानमन्त्री ओलीले नेपालीहरुको रोग प्रतिरोधी क्षमता असाधारण रहेको दाबी गरेका थिए । एक वर्षपछि प्रधानमन्त्री ओलीले आफ्नो बुझाइ गलत भएको स्वीकार गरेका छन् ।

शनिबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘मैले के ठानेको थिएँ भने हाम्रो इम्युन सिस्टम धेरै स्ट्रोङ छ । त्यसकारण अलिअलि सर्ला, यो तहमा वृद्धि हुन सक्दैन ।’

यद्यपि इम्युन सिस्टमको काम छैन भन्ने नभएको उनले बताए । ‘जति मान्छे रिभाइभ भएका छन्, त्यसमा पनि अवश्य पनि इम्युन सिस्टमको भूमिका हुन्छ,’ उनले भनेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा