शनिबार, साउन ९ २०८३
ताजा अपडेट

प्रधानमन्त्री ओलीको पक्षमा खम्बा झैं उभिए गगन थापा !


  • आइतबार, जेष्ठ २ २०७८
17K
SHARES

तस्विरः फाइल

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई साथ दिने बताएका छन् ।  इमान्दार रूपमा कोरोना महामारीविरूद्ध काम गर्ने हो भने आफूहरूले ओलीलाई साथ दिने उनको भनाई छ ।

महामारीसँगै लडिरहेका नेपालीका ज्यान जोगाउनलाई प्रधानमन्त्री ओली लाग्ने हो भने आफूजस्ता कयौंले साथ दिने भन्दै उनले ट्विट गरेका छन् । प्रधानमन्त्रीले सबै ध्यान र समय कोरोना महामारीविरूद्ध लगाएमा सरकारलाई सफल बनाउन सबैले सहयोग गर्ने पनि उनले उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीका विचार र कामबारे थुप्रै असहमति भए पनि महामारीका बेला सँगै काम गर्न चाहेको उनको भनाई छ । ‘तपाईं इमान्दारितापूर्वक यो महामारीसँग जुधिरहेका नेपाली जनताको जीवन जोगाउन लाग्ने हो भने म र मजस्ता कयौंलाई नदीको अर्को किनारामा होइन तपाईंसँगै उभिएको पाउनु हुनेछ,’ थापाले भनेका छन्।

‘योपटक फरक ढंगले काम गरौं। अक्सिजन नपाएर छटपटाएकालाई सास दियौं र आर्यघाट पुग्ने शवलाई घटाउने काम गरौं। महामारीविरूद्ध मिलेर काम गरौं,’ उनले भने।

ट्विटरमा थापाले एक भिडिओ सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीलाई उद्घाटन र शिलान्यास तथा पार्टीभित्रका विवाद केही दिनलाई छाडेर महामारीविरूद्ध समय दिन पनि आग्रह गरेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा