आइतबार, कार्तिक २ २०८३
ताजा अपडेट

भक्तपुरमा खोलामा डुबेको अवस्थामा १ पुरुषको शव फेला


  • आइतबार, जेष्ठ २ २०७८
19.1K
SHARES

फाइल तस्विर

भक्तपुरको चाँगुनारायण नगरपालिका–६ मा रहेको बालवन वालखोलामा आज अपरिचित ३० वर्षीय पुरुषको शव भेटिएको छ ।

खोलामा  घोप्टो परेर अनुहार पानीमा डुबेको अवस्थामा गहुँगोरो वर्णको, पाँच फिट आठ इन्च उचाइ भएको, दाहिने हातको बूढीऔंला र चोरीऔंलाका बीचमा ॐ लेखिएको ट्याटु, बायाँ खुट्टाको पिँडौलादेखि कान्छी औँलासम्म पुरानो खत रहेको पुरुषको शव भेटिएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

शव परीक्षणका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट भक्तपुरमा पठाइएको गिरीले बताए।

घटना कसरी भयो, हत्या हो कि अरू कुनै कारणले मृत्यु भएको हो भन्ने बारेमा प्रहरीले घटनास्थलबाटै अनुसन्धान शुरु गरेको जनाउँदै गिरीले मृतकको पहिचान खुलेपछि र शव परीक्षणको रिपोर्ट आएपछि मात्रै थप कुरा भन्न सकिने बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा