शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

फुटबल टिमको बन्द प्रशिक्षणमा ८ खेलाडी परिवर्तन, यी हुन् नयाँ खेलाडी


  • आइतबार, जेष्ठ २ २०७८
11.3K
SHARES

फाइल तस्बिर

२ जेठ, काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा खेलाडी परिवर्तन गरिएको छ । विश्वकप छनोटका लागि सञ्चालन गरिएको बन्द प्रशिक्षणमा समावेश गरिएका ३२ खेलाडीमध्ये नेपाल सुपर लिग समापनपछि ८ खेलाडी परिवर्तन गरिएको हो ।

यही जेठ १५ गते हुने इराकविरुद्धको मैत्रीपूर्ण खेलका लागि यसै बन्द प्रशिक्षणबाट खेलाडी छनोट हुनेछन् । त्यसपछिका दुई सातामा नेपालले विश्वकप छनोट अन्तर्गतका तीन खेल खेल्नेछ ।क्याम्पमा लागि बोलाइएका नयाँ खेलाडीमा अन्य खेलाडीमा आयुष घलान, सुरज ज्यू ठकुरी, कमल थापा, आशिष लामा, सुमन अर्याल र अमित तामाङ, पुजन उपरकोटी र नितिन थापा छन् ।

यसअघि बोलाइएका गोलकिपर विकेश कुथुसहित ८ खेलाडी अहिले बन्द प्रशिक्षणमा सहभागी हुन नपाउने भएका छन् । नेपाल सुपर लिगको उपाधि जितेको काठमाडौं रेजर्सको कुनै खेलाडी पनि क्याम्पमा परेनन् ।

विकेशसंगै काठमाडौंबाट खेलेका तेज तामाङ, छिरिङ गुरुङ र सन्जोग राई यसअघि बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीको सूचीमा थिए । यस्तै अजित भण्डारी, त्रिदेव गुरुङ, प्रकाश बुढाथोकी र श्यान्सु भुसाल पनि प्रशिक्षणमा सहभागी हुन नपाउने भएका छन् ।

बन्द प्रशिक्षणमा परेका खेलाडी

गोलकिपर – किरण कुमार लिम्बु कप्तान, दीप कार्की, विशाल सुनार

डिफेन्डर – रञ्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, विकास खवास, कमल थापा सुमन अर्याल अमित तामाङ

मिडफिल्डर – मनिष डाँगी, एरिक विष्ट, विशाल राई, सुनिल बल, रविशंकर पासवान, सेसेहाङ आङदेम्बे, सन्तोष तामाङ, विवेक बस्नेत, अन्जन विष्ट, सुमन लामा, पुजन उपरकोटी, आयुष घलान, नितिन थापा, सुरज ज्यू ठकुरी

फरवार्ड – दर्शन गुरुङ, भरत खवास, अभिषेक रिजाल, नवयुग श्रेष्ठ आशिष लामा


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा