वीरगञ्जमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । शनिबार बिहानदेखि आइतबार बिहानसम्मको रिपोर्ट अनुसार वीरगञ्जका विभिन्न अस्पतालमा सो संख्यामा संक्रमितको मृत्यु भएको सम्बन्धित अस्पतालले जनाएका छन् ।
मृत्यु हुनेमध्ये नारायणी अस्पतालमा मात्रै ८ जना रहेको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए । यसबाहेक वीरगञ्ज हेल्थकेयर हस्पिटलमा २ जना, तराई हस्पिटल एण्ड रिसर्च सेन्टर, स्पर्श मल्टी स्पेस्यालिटी हस्पिटल र नेशनल मेडिकल कलेजले सञ्चालन गरेको बाबा होटल कोरोना अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ । मृतकमध्ये पर्साका ४, बाराका ७, रौतहटका १ र एक जना भारतीय नागरिक पनि छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।