शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

कोरोनाविरूद्धको चिनियाँ खोपको दोस्रो डोज आजदेखि, कहाँ गएर लगाउने ? (सूचीसहित)


  • आइतबार, जेष्ठ २ २०७८
14K
SHARES

प्रतिकात्मक तस्बिर

कोरोना भाइरसविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ को दोस्रो डोज आजदेखि लगाइँदै छ ।

आज बिहान १० बजेदेखि प्रारम्भ हुने खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा खोप केन्द्र तोकेको छ ।

यो खोप अभियान जेठ ११ गतेसम्म सञ्चालन हुनेछ । केही दिनअघि महानगरपालिकाले खोप केन्द्र र समन्वयकर्ताको विवरण सार्वजनिक गर्दै चैत २५ देखि वैशाख १५ गतेसम्म भेरोसेलको पहिलो मात्र लगाएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्राको खोप दिने सूचना सार्वजनिक गरिसकेको छ ।

दोस्रो डोज खोप लगाउन जानेले फोटोसहितको परिचयपत्र तथा पहिलो डोजको खोप लगाएको कार्ड देखाएपछि पायक पर्ने जुनसुकै खोप केन्द्रमा गएर खोप लगाउन सकिने जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा