काठमाडौँ । युवा व्यावसायी द्धय सुनिल शाह र सुनिल महर्जनको संयुक्त अगुवाइमा आज पनि निःशुल्क खाना खुवाइएको छ ।
थापाथली स्थित प्रसुती गृह पछाडीको युएन पार्कमा मजदुर, असहाय तथा सडक व्यक्तिहरुलाई निःशुल्क रुपमा आज छैठौँ दिन पनि बेलुकाको खाना खुवाइएको हो ।

बेलुका ४ः१५ बजेबाट सुरु गरिएको खाना वितरण कार्यक्रममा ४५० भन्दा बढी व्यक्तिलाई खाना, मास्क तथा खानेपानी पनि वितरण गरिएको चानस बहादुर गिरीले केटिएम खबरलाई बताए ।

कोरोना महामारीबाट सामान्य खाना समेत खान नपाएका मजदुर एवं विपन्न परिवारलाई दैनिक रुपमा युएन पार्क चौरमा निःशुल्क खाना तथा आवश्यक सहयोग गरिरहेको व्यावसायी सुनिल शाहले केटिएम खबरलाई बताए । काम गरेर दैनिक गुजारा गर्दै आएका व्यक्तिहरुको समस्यालाई मध्यनजर गर्दै विगत पाँच दिनदेखि बेलुकाको खाना खुवाउँदै आएका छौँ । आफ्नो घरमा पाक्ने खाना जस्तै खुवाएका छौँ । वितरणमा स्वास्थ्य मापदण्डलाई ख्याल गरेका छौँ शाह भन्छन् । आइतबारसम्म खाना खुवाउँछौँ । खाना खाएर फर्कदा उनीहरुमा खुशी भाव देखिन्छ । त्यसले हामीलाई सेवा कर्म गर्न थप उप्रेरणा मिलेको छ । उनी भन्छन्–यस कार्यमा हौँसला प्रदान गर्नुहुने मेरो बुवा राजेन्द्र शाह, आमा कैलाशो देवी शाह तथा मेरा दाजु–भाईहरुहरुलाई धन्यवाद दिन्छु ।

खाना खुवाउने अभियानका अर्का सदस्य सुनिल महर्जन भन्छन्–वास्तविक पिडामा परेकाहरु हाम्रो भोजन सेवामा सहभागि हुनु भएको छ । दैनिक रुपमा एक छाक खाना खाएर जानु भएको छ । यस सेवाबाट सामाजिक जिम्मेवारी निर्वाह पुरा गरेको महशुस भएको छ । यस्तै लायन्स क्लब इन्टरनेशनल ए २ अन्तर्गत रहेका केही क्लबहरुले समेत यस कार्यको स्वयसेविका भुमिकामा सहयोग गर्नु भएको छ । यसका लागि धन्यवाद दिन्छु ।

आइतबारसम्म बेलुका ४ बजेबाट हरेक दिन खाना खुवाउने कार्यक्रम रहने जनाइएको छ ।






































खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।