शनिबार, साउन ३० २०८३
ताजा अपडेट

भोजपुरमा एक संक्रमितको मृत्यु


  • शनिबार, जेष्ठ १ २०७८
10.9K
SHARES

फाइल तस्बिर

कोरोना भाइरस संक्रमित भोजपुरका एक पुरुषको मृत्यु भएको छ । कोरोना संक्रमित भोजपुर नगरपालिका- ९, पानीट्याङ्की ४२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

संक्रमितको अवस्था गम्भिर बन्दै गएपछि उनलाई शुक्रबार हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो । काठमाडौँको टिचिङ हस्पिटलमा उपचार गराउँदा गराउँदै गएराति उनको मृत्यु भएको पारिवारका एक सदस्यले जानकारी दिए ।

उच्च रक्तचाप, मधुमेहबाट पनि ग्रसित उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि गत वैशाख ३० गते जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उनलाई कोरोना पुष्टि भएको थियो । अवस्थालाई हेरेर परिवारजनले काठमाडौँ लैजाने भनेपछि रेफर गरिएको स्वास्थ्य कार्यालय भोजपुर प्रमुख फणिन्द्र थापाले जानकारी दिए ।

जिल्लामा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७२ जना पुगेको छ । जसमा एकजनाको मृत्यू र एकजना निको भएका छन् । कोभिड १९ को उच्च जोखिम रहेको भोजपुरमा सबै सिमानाका र जारी निषेधाज्ञा कडा पारिएको जिल्ला प्रशासनले जनाएको छ । त्यस्तै प्रशासनले अत्यावश्यक कामबाहेक बाहिर हिँडडुल नगर्न सर्वसाधरणलाई अपिल गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा