शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

आज पाचौँ दिनः समस्यामा परेका ४५० भन्दा बढी मजदुरलाई दैनिक खाना खुवाउदै द्धय सुनिल (फोटोफिचर)


  • शुक्रबार, बैशाख ३१ २०७८
13.6K
SHARES

काठमाडौँ । क्यान्टिन व्यावसायमा लामो समयदेखि क्रियाशिल द्धय सुनिल शाह र सुनिल महर्जनको संयुक्त अगुवाइमा आज पनि निःशुल्क खाना खुवाइएको छ ।
थापाथली स्थित प्रसुती गृह पछाडीको युएन पार्कमा मजदुर, असहाय तथा सडक व्यक्तिहरुलाई निःशुल्क रुपमा आज पाचौँ दिन पनि बेलुकाको खाना खुवाइएको हो ।


बेलुका ४ः१५ बजेबाट सुरु गरिएको खाना वितरण कार्यक्रममा ४५० भन्दा बढी व्यक्तिलाई खाना, मास्क तथा खानेपानी पनि वितरण गरिएको चानस बहादुर गिरीले केटिएम खबरलाई बताए ।


कोरोना महामारीबाट समस्यामा परेका मजदुर तथा विपन्न परिवारलाई दैनिक रुपमा हामीले निःशुल्क खाना खुवाउदैँ आएका छौँ व्यावसायी सुनिल शाहले केटिएम खबरलाई बताए । यस विषम परिस्थितीमा कोही पनि भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले आज पनि एक छाक खानाको अलवा जुस, मास्क, खानेपानी समेत वितरण गरिएको उनले बताए । शाह भन्छन्– सेवा नै धर्म हो भन्ने कुरालाई आत्मसाथ गर्दै निःस्वार्थ सेवा गरेका छौँ । यसमा मलाई हौँसला प्रदान गर्नुहुने मेरो बुवा राजेन्द्र शाह, आमा कैलाशो देवी शाह तथा मेरा दाजु–भाईहरुहरु प्रती आभारी छु ।


खाना खुवाउने अभियानका अर्का सदस्य सुनिल महर्जन भन्छन्–दैनिक रुपमा खाना खानेको संख्या बढेको छ । समस्यामा परेकाहरुलाई दैनिक रुपमा एक छाक खाना प्रदान गरेका छौँ । खाना खाए पश्चातको खुशी भावले हामीलाई थप उर्जा थपिएको छ । सामाजिक जिम्मेवारी निर्वाह पुरा गरेको महशुस भएको छ । यस्तै लायन्स क्लब इन्टरनेशनल ए १ अन्तर्गत रहेका केही क्लबहरुले समेत हामीले स्वयसेविकाको भुमिकामा सहयोग गर्नु भएको छ । यसका लागि धन्यवाद दिन्छु ।


आइतबारसम्म बेलुका ४ बजेबाट हरेक दिन खाना खुवाउने कार्यक्रम रहने जनाइएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा