शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

विश्व शिर्ष १० स्ट्राइकरको सुची सार्वजनिक, सुची सहित !!


  • शुक्रबार, बैशाख ३१ २०७८
11.3K
SHARES

फाइल तस्बिर

विश्व शिर्ष स्ट्राइकरहरुको सुचीमा यस सिजन जर्मन लिग बुन्डेसलिगा आवर्द रोबर्ट लेवानडस्कीले शिर्ष स्थान हासिल गरेका छन् । हरेक तबरका गोल गर्नुसंगै यूरोपियन गोल्डेन बुटका समेत दावेदार लेवानडस्कीले पहिलो स्थान कब्जा गरेका हुन् ।

डेली स्टारले सार्वजनिक गरेको रिपोर्टको सुचीमा शिर्ष स्थान लेवानडस्कीले लिएका थिए साथै दोश्रो स्थानमा पेरिस सेन्ट जर्मन आवर्द किलियन एम्बाप्पेसंगै तेश्रो स्थानमा युभेन्ट्स स्टार क्रिस्टियानो रोनाल्डो परेका हुन् ।

सुचीको १० औ स्थानमा छन् सिरी ए लिगका सिरो इमोबिले, साथै ९ औ स्थानमा बुन्डेसलिगा फ्रान्कफर्ट आवर्द पोर्चुगिज खेलाडी आन्द्रे सिल्भा परेका छन् ।८ औ स्थानमा इन्टर मिलानका शिर्ष गोलकर्ता रोमेलु लुकाकु परेका छन् ।७ औ स्थानमा रियल मड्रिडका स्ट्राइकर करिम बेन्जिमा परेका छन् । ६ स्थानमा छन् प्रिमिएर लिग आवर्द स्पर्सका ह्यारी केन, यस सिजन स्तरीय रुपमा देखिएका केनले टोटनह्यामका निम्ति हरेक तबरको गोल साथै एस्सिस्ट गरेका छन् ।

५ औ स्थानमा पुर्बी बार्सिलोना स्टार साथै बर्तमान एट्लेटिको मड्रिड स्टार लुइस सुवारेज परेका छन् । बार्सिलोनाबाट मड्रिड पुगेका उनले एट्लेटिको मड्रिडका निम्ति ला लिगा अन्तर्गत १९ गोल गरेका छन् ।

४ औ स्थानमा बुन्डेसलिगा कै डर्टमण्ड आवर्द अर्लिंग हाल्याण्ड सुचिकृत छन् । उनले २५ बुन्डेसलिगा गोल गरेका छन्, युवा सनसनीको रुपमा रहेका हाल्याण्ड ट्रान्सफर मार्केटमा समेत सर्वाधिक महंगा खेलाडीको सुचीमा समेत दोश्रो स्थानमा उक्लिएका छन् ।

तेश्रो स्थानमा छन युभेन्ट्स स्टार क्रिस्टियानो रोनाल्डो, यूरोपियन फुटबलका शिर्ष ३ लिगबाट १०० औ गोल् हरेक लिगबाट पुरा गरेका रोनाल्डो ३६ औ बर्षको उमेरमा समेत विश्वका दिग्गज फरवार्डको रुपमा प्रस्तुत छन् । सिरी ए कै शिर्ष गोल गर्ने खेलाडीको सुचीमा रोनाल्डोले अग्रता लिइरहेका छन् । उनले २८ औ गोल पुरा गरिसकेका छन् ।

दोश्रो स्थानमा परेका छन् युवा सनसनी किलियन एम्बाप्पे,एम्बापे लिग १ का शिर्ष गोल गर्ने खेलाडी रहनुसंगै यूरोपियन फुटबलका शिर्ष स्ट्राइकरको रुपमा परिचित छन् ।

पहिलो स्थानमा यस पटक रोनाल्डो एम्बाप्पेलाई पछी पार्दै रोबर्ट लेवानडस्कीले स्थान लिएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा