शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

माधव नेपालले धोका दिएको भन्दिनँ, फेरि भेट हुन्छ: प्रचण्ड


  • शुक्रबार, बैशाख ३१ २०७८
12.2K
SHARES

फाईल तस्बिर

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका नेता माधवकुमार नेपालले धोका दिएको भन्न अहिले नै नमिल्ने बताएका छन्।

प्रधानमन्त्रीमा केपी शर्मा ओलीको विकल्प खोज्न बिहीबारसम्म असफल भएकामध्ये एक विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि पनि नेता नेपालसँग आफूहरूको भेट हुने सम्भावना रहेको बताए।
अहिले म धोका भन्ने शब्द प्रयोग गर्न चाहन्न। अहिले भर्खर पनि हामी कुरा गर्दै थियौं,’ उनले पत्रकारहरूसँग आज भने, ‘उहाँभित्र केही समस्या भए होलान्। संविधान र लोकतन्त्रका पक्षमा उहाँहरू संघर्षमै रहेकोले अहिले नै धोका भन्ने शब्द बढी हुन्छ भन्ने लागेको छ।’

एमालेभित्र देखिएका विवाद समाधानतर्फ गइरहेका छन्। अध्यक्ष ओलीले नेता नेपालसहित उनी पक्षका चार नेतालाई निलम्बन फुकुवा गरेर वार्ता गरेसँगै बिहीबार उनीहरूले सांसद पदबाट राजीनामा रोकेका थिए।

यसैबीच प्रचण्डले फेरि नेता नेपालसँग भेट हुने उल्लेख गरेका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा