उपत्यकामा अक्सिजन सिलिन्डरको वितरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट शुक्रबारदेखि हुने भएको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले शुक्रबार विज्ञप्ती जारी गर्दै मन्त्रालयबाट अक्सिजन वितरण हुने जानकारी गराएको हो ।
अक्सिजन सिलिन्डर मागको आपुर्तीलाई अभाव हुन नदिन मन्त्रालयबाटै वितरण गर्ने निर्णय गरेको सीसीएमसी सचिवालयका महासचिव नुरहरी खतिवडाले जानकारी दिए ।
सिलिण्डरको अभावलाई थप व्यवस्थापनका लागि मन्त्रिपरिषद्ले ५० हजार खाली सिलिण्डर विदेशवाट ल्याउने निर्णय गरेको छ । ३० हजार सिलिण्डर चिनबाट अनुदानमा ल्याउने भने पनि ४०० वटा मात्र ल्याएको छ ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।