शुक्रबार, भाद्र १९ २०८३
ताजा अपडेट

विवाद समाधान गर्न प्रारम्भिक संवाद शुरू भयो : वामदेव गौतम


  • शुक्रबार, बैशाख ३१ २०७८
13.1K
SHARES

फाईल तस्बिर

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी भित्रको विवाद हल गर्न प्रारम्भिक संवाद शुरू भएको बताएका छन् ।

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै नेता गौतमले अब पार्टीलाई एक बनाएर अघि बढाउनुपर्ने बताएका छन् ।

उनले अब पार्टी एक भएर अघि बढ्नेमा आफू ढुक्क रहेको भन्दै पार्टी एकतालाई मजबुद बनाउन थालेको कदमका लागि धन‍्यवाद दिएका छन् ।

साथै नेता गौतमले देशको ४३ औँ प्रधानमन्त्री बन्न सफल भएकामा बधाई ज्ञापन गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपा (एमाले) का दुई वरिष्ठ नेताहरु अध्यक्ष कमरेड केपी शर्मा ओली र पार्टीका पूर्वमहासचिव कमरेड माधवकुमार नेपालबीच पार्टीभित्र उत्पन्न समस्या समाधान गर्न प्रारम्भिक सम्बाद शुरु भएको छ । यो नेकपा(एमाले) का निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस भन्ने मेरो चाहना छ । पार्टीको एकता निर्माणमा सफलता मिलोस भन्ने शुभकामना दिन्छु । साथै पार्टी अध्यक्ष केपी शर्मा ओली नेपालको ४३ औँ प्रधानमन्त्री नियुक्ति हुनुभएकोमा हार्दिक बधाई दिन्छु ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा