शनिबार, साउन ९ २०८३
ताजा अपडेट

निजी अस्पतालले भने- १५ दिनभित्र अक्सिजन प्लान्ट जोड्ने मन्त्रालयको निर्देशन हावादारी


  • शुक्रबार, बैशाख ३१ २०७८
9.7K
SHARES

फईल तस्बिर

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ दिनभित्र अक्सिजन प्लान्ट जोड्ने भनेर गरेको निर्देशन हावादारी रहेको ठहर गर्दै निजी अस्पतालहरूले उक्त कुराप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

निजी अस्पतालहरूको छाता संगठन ‘एशोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल’ अफिनले विज्ञप्तिमार्फत मन्त्रालयले गैरजिम्मेवारपूर्ण निर्णय गरेको बताएको छ।

‘सीमित साधन स्रोतका अतिरिक्त निजी अस्पतालहरूले आफ्नो सम्पूर्ण ध्यान कोभिड संक्रमितको उपचारमा केन्द्रीत गरिरहेको अवस्थामा अत्यावश्यक साधन स्रोत राज्यले उपलब्ध गराउनुको साटो गैरजिम्मेवारपूर्ण निर्णयले राज्य अहिलेको विषम परिस्थितिमा कसरी सञ्चालन भैरहेछ भन्ने स्पष्ट हुन्छ,’ विज्ञप्तिमा भनिएको छ।

पछिल्लो सातायता अक्सिजनको चरम अभाव हुन थालेपछि मन्त्रालयले सय बेड माथिका निजी तथा सरकारी अस्पताललाई १५ दिनभित्र आफैं अक्सिजन प्लान्ट जोड्न निर्देशन दिएको थियो। तर अफिनले हाल देशभरि नै निषेधाज्ञा रहेको र अन्तर्राष्ट्रिय हवाई सेवा पनि बन्द रहेकाले द्रुत ढुवानी गर्न सम्भव नहुने जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा