जनता समाजवादी पार्टी (जसपा) लाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन प्रस्ताव गरेका छन्।
जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग प्रधानमन्त्री ओलीले सरकारमा सहभागी हुन प्रस्ताव राखेका हुन्। जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादव पक्षसँग भने ओलीले छलफल गरेका छैनन्। भट्टराई र यादव ओलीलाई हटाउन चाहान्थे भने ठाकुर र महतो ओलीकै निरन्तराको पक्षमा छन्।
सरकारमा सहभागी हुन प्रस्ताव आए पनि आफूहरूको एजेण्डा सम्बोधन नभइ सरकारमा नजाने ठाकुर-महतोको भनाई छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।