शनिबार, साउन ९ २०८३
ताजा अपडेट

खिमलाल देवकोटाले उम्मेदवारी फिर्ता नलिने


  • शुक्रबार, बैशाख ३१ २०७८
8.2K
SHARES

फईल तस्बिर

बागमती प्रदेशमा रिक्त एक राष्ट्रिय सभा सदस्य पदका लागि जेठ ६ गते हुन गइरहेको उपनिर्वाचनमा उम्मेदवार रहेका खिमलाल देवकोटाले उम्मेदवारी फिर्ता नलिने बताएका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको समर्थन र सहयोगमा उम्मेदवारी दिएकोले यसमा पुनर्विचार गर्ने कुरा कल्पनाबाहिर रहेको देवकोटाले बताएका छन्।

एमालेभित्र देखिएका विवाद पछिल्लोसमय समाधान उन्मुख रहेपछि देवकोटाको उम्मेदवारी के हुन्छ भन्ने चासो थियो।

संघीयताविज्ञ रहेका देवकोटा नेता माधव नेपाल निकट मानिन्थे।

यहाँ देवकोटा, गृहमन्त्री रामबहादुर थापा बादल र नेमकिपाका कृष्ण तामाङ उम्मेदवार छन्। थापा एमालेका तर्फबाट सूर्य चिन्हमा उम्मेदवार हुन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा