नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अब माओवादीले अरूको विरोधमा समय खेर फाल्न नहुने बताएका छन्। एमालेमा अध्यक्ष केपी शर्मा ओली र नेता माधव नेपाल पक्षबीचको विवाद समाधानउन्मुख रहेका बेला श्रेष्ठले यस्तो धारणा सार्वजनिक गरेका हुन्।
शुक्रबार ट्वीट गर्दै श्रेष्ठले एमालेलाई बधाइ पनि दिएका छन्। आफूहरूको पार्टीले अब प्रतिक्रियात्मक भएर अरूको विरोधमा समय खेर फाल्न नहुने पनि उनले बताएका छन्।
‘एमालेका कमरेडहरूलाई बधाइ तथा शुभकामना,’ उनले भनेका छन्, ‘हाम्रो पार्टी नेकपा माओवादी केन्द्र अब प्रतिक्रियात्मक भएर अरूको विरोधमा समय खेर फाल्नु हुँदैन। पार्टी संगठन सुदृढीकरण अभियान सञ्चालन गर्नुपर्छ।’
उनले गुटभन्दा माथि उठ्नुपर्ने पनि बताए। उनले तत्काल भने कोरोनाको रोकथाम तथा नियन्त्रणमा पार्टी लाग्नुपर्ने उल्लेख गरेका छन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।