नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा सकिएको छ ।
सो समयभित्र कुनै पनि दलले प्रधानमन्त्री पदमा नियुक्तिका लागि दावी पेश नगरेको हुँदा ओली फेरि प्रधानमन्त्री पदमा नियुक्त हुने भएका छन् ।
संविधानको धारा ७६ को उपधारा ३ अनुसार ओली ‘प्रतिनिधिसभामा सबैभन्दा बढी सदस्यहरु भएको दलको संसदीय दलको नेता’ का हैसियतमा ओली प्रधानमन्त्री पदमा नियुक्त हुने भएका हुन् ।
गत सोमबार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा राखेको विश्वासको मतको प्रस्ताव असफल भएपछि राष्ट्रपतिबाट आज राति ९ बजेसम्मको समय दिएर संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुई भन्दा बढी दलको सरकार गठनका लागि आह्वान भएको थियो ।
यस्तो सरकार गठन गर्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले गरेको प्रयास असफल भएपछि धारा ७६ को उपधार ३ अनुसार ओली फेरि प्रधानमन्त्री नियुक्त हुने पक्का भएको हो ।

खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।