शनिबार, साउन ९ २०८३
ताजा अपडेट

तेश्रो पटक प्रधानमन्त्री बन्दै केपी ओली, देउवा–प्रचण्ड निरास


  • बिहिबार, बैशाख ३० २०७८
24.4K
SHARES

तस्विरः फाइल

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली तेश्रो पटक प्रधानमन्त्री बन्ने भएका छन् । विपक्षीहरुले बहुमतको सरकार बनाउन नसकेपछि ओली  तेश्रो पटक प्रधानमन्त्री बन्ने भएका हुन् ।

आज बहुमतीय सरकार बनाउनका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने तयारी गरिरहेका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले अब त्यो सम्भावना लगभग टरेको निष्कर्ष निकाले पछि ओली भाग्य चम्किएको हो ।

‘एमालेमा माधवकुमार नेपाल पक्षले निर्णय गर्न नसकेपछि र जसपाभित्रको अन्यौल कायमै रहेपछि दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको सरकार बनाउने सम्भावना सकिएको छ,’ कांग्रेसका एक शीर्ष नेताले भने।

माओवादी केन्द्रका नेताले पनि सरकारमा दाबी गर्ने आफूहरूको सम्भावना लगभग सकिएको बताए। ‘अब हामीले आशा मार्‍यौं,’ ती नेताले भने। कांग्रेस, माओवादी केन्द्रलाई आज बिहानसम्म माधव नेपाल समूहका २० जना सांसदले राजीनामा दिन्छन् भन्ने आश थियो।

नेपाल समूहले कांग्रेस माओवादीलाई त्यसैमा आश्वस्त बनाएको थियो। तर नेपाल समूहभित्र कुरा नमिलेपछि र पार्टीभित्रको समस्या मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयत्न सुरू गरेपछि राजीनामा टरेको देखिएको छ।

जसपामा पनि कांग्रेस माओवादी केन्द्रको गठबन्धनमा नजाने महन्थ ठाकुर र राजेन्द्र महतोको अडान कायमै छ। माधव नेपाल पक्षले राजीनामा नदिएको अवस्थामा जसपाभित्र कांग्रेस माओवादीसँग मिलेर सरकार बनाउनु पर्ने पक्षमा सांसदहरूको बहुमत देखिन सकेको छैन।

उता जसपाका नेता महन्त ठाकुरले पनि प्रधानमन्त्रीका लागि खुट्टा उचालेका थिए । तर भारतले उनलाई ‘पर्खी’ भनेपछि उनी पनि पछि हटेको बुझिएको छ । ‘भारतले केपी ओलीकै निनरन्तरता चाहेको छ ।’ श्रोतले भन्यो, ‘अरुको पक्षमा सहमति हुन भारतले मरिगए दिदैन् ।’

कांग्रेस माओवादीले औपचारिक रूपमा भने सरकार नबनाउने घोषणा गरिसकेका छैनन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा