नेकपा एमालेकी नेतृ रामकुमारी क्राँक्रीले अध्यक्ष केपी शर्मा ओलीसँग सम्झौता गर्न नहुने धारणा राखेकी छन् ।
अध्यक्ष ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच बुढानीलकण्ठमा निर्णायक वार्ता भइरहँदा नेतृ झाँक्रीले ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्न नहुने धारणा राखेकी हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा ठोस प्रस्ताव बिनाको संवादको अर्थ नहरेको बताएकी छन् ।
उनले लेखेकी छन्, ‘ठोस प्रस्ताव र लिखित सहमति बिना अलमलमा पर्नुहुन्न । आफूले संसद विघटन गरेको सहि थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको ईशारमा यो सबै हुँदैछ । ठोस प्रस्ताव बिनाको संवादको अर्थ छैन । जनता, लोकतन्त्र र संबिधानको रक्षाको लागि हाम्रो अगाडि एक मात्र बिकल्प हो बिद्रोह । हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको बिसर्जन गर्छ । सचेत बनौँ ।’
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।