कैलालीमा हावाहुरीका कारण रुख ढल्दा एक जना महिलाको मृत्यु भएको छ ।
गएराति वर्षासँगै आएको हावाहुरीले रुख ढल्दा रुखबाट च्यापिएर टिकापुर नगरपालिका– १ एकतानगर शिविरकी ४० वर्षीया देउकला कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक भरतबहादुर चौधरीले जानकारी दिए । हावाहुरीले कच्ची घरमाथि रुख ढल्दा च्यापिएर कामीको मृत्यु भएको हो ।
यस्तै हावाहुरीले कैलारी गाउँपालिका– ५ का अंकित बोहराको घरको छाना उडाइदिएको छ । त्यसबाट अन्दाजी रु. ७० हजार बरावरको क्षति भएको छ ।
प्रहरी नायव उपरिक्षक चौधरीका अनुसार हावाहुरीले जिल्लाका विभिन्न स्थानका घर, गोठ तथा सडकमा रहेका विद्युतका पोलमा क्षति गरेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।