संयुक्त राज्य अमेरिकाले नेपाललाई थप ३२ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ ।
अमेरिकाले कोभिड-१९ महामारीविरुद्ध लड्न थप ३२ करोड ४३ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने घोषणा गरेको हो ।
अमेरिकी इन्डो–प्यासेफिक कमाण्डले जरुरी अक्सिजन प्लान्ट, सिलिन्डर तथा भण्डार ट्यांकहरु सहयोगको घोषणा गरेको अमेरिकी दूतावासले जनाएको छ ।
सन् २०२० को अप्रिल यता कमाण्डले ५८ लाख डलर बराबरको स्वास्थ्य सामग्री नेपाललाई प्रदान गरिसकेको जनाएको छ ।
यो सँगै नेपालमा युएसएडसमेत गरी अमेरिकी सरकारका विभिन्न एजेन्सीले झन्डै ५१ मिलियन डलर बराबरको कोभिड–१९ सम्बन्धी सहयोग प्रदान गरेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।