इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको कोभिड–१९ संक्रमणका कारण निधन भएको छ ।
कम्पनीको संस्थापक समेत रहेका जलानको बिहीबार काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
करिब दुई साता अघि कोभिड–१९ को संक्रमणको आशंका भएपछि परीक्षण गराएका जलानको रिर्पोट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका थिए ।
उपचारकै क्रममा बिहीबार बिहान ४७ वर्षीय जलानको मृत्यु भएको हो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।