काठमाडौँ । युवा व्यावसायी द्धय सुनिल शाह र सुनिल महर्जनको संयुक्त अगुवाइमा आज पनि निःशुल्क खाना खुवाइएको छ ।
थापाथली स्थित प्रसुती गृह पछाडीको युएन पार्कमा मजदुर, असहाय तथा सडक व्यक्तिहरुलाई निःशुल्क रुपमा आज तेश्रो दिनमा पनि बेलुकाको खाना खुवाइएको हो ।

बेलुका ४ बजेदेखि सुरु गरिएको खाना वितरण कार्यक्रममा ४५० भन्दा बढी व्यक्तिलाई खाना, मास्क तथा खानेपानी पनि वितरण गरिएको चानस बहादुर गिरीले केटिएम खबरलाई बताए ।

मजदुर तथा विपन्न व्यक्तिहरुमा परेको असरलाई मध्यनजर गर्दै मंगलबार पनि निःशुल्क खाना प्रदान गरिएको व्यावसायी सुनिल शाहले बताए । हाइजेनिक एक छाक खाना दिएका छौँ । वितरण गर्दा विशेष स्वास्थ्य मापदण्ड अपनाएर मात्र बाडेका छौँ । यसका लागि मलाई हौँसला प्रदान गर्नुहुने मेरो बुवा राजेन्द्र शाह, आमा कैलाशो देवी शाह, दाजुहरु राज शाह, बिनोद शाह, प्रमोद शाह तथा भाईहरु विजय शाह, विकास शाहलाई धन्यवाद दिन्छु । शाह भन्छन्–हाम्रो सामाजिक कार्यलाई देखेर धेरै जनाले धन्यवाद दिनु भएको छ । आवश्यक सहयोग गर्छौ भनेर पनि धेरैले प्रतिवद्धता जनाउनु भएको छ । यद्धपी उहाँहरुलाई एक हप्ताका लागि हामीले आफ्नै खर्चमा गर्छौ भनेका छौँ । त्यस पछि आवश्यकतालाई हेरेर खबर गर्छौ भनेका छौँ ।

यस्तै अर्का व्यावसायी सुनिल महर्जन केटिएम खबरसंग कुराकानी गर्दै भन्छन्–दैनिक रुपमा खाना खानेको संख्या बढेको छ । यसलाई मध्यनजर गर्दै खानालाई बढाएका छौँ । भोको पेटलाई केही राहत प्रदान गर्दा धेरै खुशी लागेको छ । यस्तै लायन्स क्लब इन्टरनेशनल ए १ अन्तर्गत रहेका केही क्लबहरुले समेत हामीले स्वयसेविकाको भुमिकामा सहयोग गर्नु भएको छ । यसका लागि धन्यवाद दिन्छु ।

आइतबारसम्म बेलुका ४ बजेबाट हरेक दिन खाना खुवाउने कार्यक्रम रहने जनाइएको छ ।














