गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्रीमा पुनः एमाले नेता पृथ्वीसुब्बा गुरुङलाई नियुक्त गरेपछि विपक्षी गठबन्धन आक्रोशित बनेको छ।
संविधानको धारा १६८ को उपधारा २ अनुसार बहुमतका आधारमा सरकार गठन गर्न सकिने अवस्था हुँदाहुँदै प्रदेश प्रमुखले उपधारा ३ अनुसार ठूलो दलको नेतालाई मुख्यमन्त्री नियुक्त गरेको विपक्षी दलहरूले बताएका छन्।
विपक्षी गठबन्धनबाट मुख्यमन्त्रीका दाबेदार एवम् कांग्रेस नेता कृष्णचन्द्र नेपालीले प्रदेश प्रमुख पौडेलले संविधान कुल्चिएको आरोप लगाए।
गठबन्धनबाट विज्ञप्ति जारी गरेर प्रदेश प्रमुखको कदमको विरोध जनाउने तयारी गरेको उनले जनाए। प्रदेश प्रमुखले मुख्यमन्त्रीमा गुरुङलाई नियुक्त गरेको विषयमा वैधानिक बाटोबाट पनि लड्न सक्ने भन्दै नेपालीले अहिले बनाएको गठबन्धन यथावत राख्ने जानकारी दिए।
हामी गठबन्धनलाई कायम राख्छौं, उहाँ (मुख्यमन्त्री गुरुङ) अल्पमतमा हुनुहुन्छ, एक महिनाभित्र विश्वासको मत नपाएर छोड्नुपर्छ,’ नेपालीले भने।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।