शुक्रबार, कार्तिक १४ २०८३
ताजा अपडेट

निजी अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट राख्नुपर्ने


  • बुधबार, बैशाख २९ २०७८
13.8K
SHARES

फईल तस्बिर

कम्तीमा १०० बेड क्षमता भएका निजी तथा सामुदायिक अस्पतालहरुले अक्सिजन प्लान्ट जडान गर्नुपर्ने भएको छ ।

कोरोना संक्रमण बढेसँगै अक्सिजन अभाव देखिएको छ र थुप्रै निजी अस्पतालले नयाँ संक्रमित भर्ना नलिने घोषणा गरेका छन् । धेरै निजी अस्पतालमा अक्सिजन प्लान्ट छैन । सरकारले अस्पतालहरुको कोटा तोकेपछि कोटा अनुसारको अक्सिजनले नपुग्ने भन्दै अस्पतालहरुले नयाँ बिरामी भर्ना नलिने घोषणा गरिरहेका छन् ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तीमा १०० बेड भएका निजी तथा सामुदायिक अस्पतालहरुले १५ भित्र अक्सिजन प्लान्ट स्थापना गर्नुपर्ने निर्णय गरेको प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा