लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा १२ घण्टाको अवधिमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको समाचार बाहिरीएके छ ।
कोरोना संक्रमण पुष्टि भएपछि लुम्बिनी प्रादेशिक अस्पतालको ईमर्जेन्सीमा भर्ना भएका ५ जनाको आईसीयु र एचडीयू बेड कुर्दाकुर्दै मृत्यु भएको छ। एक जनाको धागो कारखानास्थित कोरोना अस्पतालमा मृत्यु भएको हो ।
यसबाट के प्रस्ट हुन सकिन्छ भने भाईरस संक्रमण भएर उपचार नपाएर जनता मर्दै छन तर सरकार जनताको उपचार भन्दा आफ्नो पद जोगाउन तल्लिन देखिन्छ ।
यस्तो माहामारीमा सत्ताको ताना तानले सरकार माहामारी रोकथाम गर्नु भन्दा आफ्नै पद कसरी जोगाउन सकिन्छ भनेर लागेको देखिन्छ । प्रधानमन्त्री ज्यू भासणमा भन्ने गर्नुहुन्छ कोही पनि उपचार नपाएर मर्नु पर्दैन तर मुलुकमा उपचार नपाएरै अनाहकमा आम सर्बसाधारणले ज्यान गुमाउनु परेको छ ।
त्यसैले यस्तो माहामारीको अबस्थामा सत्ताको तानातान गर्नु भन्दा आम सर्बसाधारणको ज्यान जोगाउन तर्फ सरकारको ध्यन हुन जरुरी छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।