शनिबार, कार्तिक १५ २०८३
ताजा अपडेट

सौताका रिसले पोइको नाक काटे झैं नगरौं : बाबुराम भट्टराई


  • बुधबार, बैशाख २९ २०७८
10.5K
SHARES

फाइल तस्विर

जनता समाजवादी पार्टीका संघीय अध्यक्ष बाबुराम भट्टराईले पार्टी एकताबद्ध भएर धारा ७६ (२) अनुसार सरकार बनाउन लाग्नुपर्ने बताएका छन्।
मंगलबार राति सामाजिक सञ्जालमार्फत नेता भट्टराईले जसपा जस्तो अग्रगामी शक्तिले एकताबद्ध ढंगले देशलाई राजनीतिक निकास दिनबाट चुक्नु नहुने बताएका छन्। ‘जसपा जस्तो अग्रगामी शक्तिले एकताबद्ध ढंगले देशलाई राजनीतिक निकास दिनबाट चुक्नुहुन्न’, उनले भने, ‘लोकतान्त्रिक पार्टीमा फरक मत हुनु स्वभाविक हो। तर हाम्रो आन्तरिक विवादले देशलाई अनिर्णयको बन्दी बनाउनुहुन्न।’

उनले पार्टी भित्रको विवादलाई संकेत गर्दै पार्टी एक भएर धारा ७६ (२) अनुसार सरकार बनाउन सहयोग गर्नुपर्ने धारणा राखेका छन्।

‘पार्टी एकताबद्ध भएर धारा ७६ (२) को सरकार बनाउन योगदान गरौं! सौताका रिसले पोइको नाक काटे झैं नगरौं!,’ उनले भनेका छन्।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा