शनिबार, साउन ९ २०८३
ताजा अपडेट

बिल बिना रेम्डेसिभिर औषधि बिक्री गर्नेलाई २ लाख जरिवाना


  • बुधबार, बैशाख २९ २०७८
12K
SHARES

फाईल तस्बिर

बाँकेको नेपालगञ्ज मेडिकल कलेजको हाताभित्र कोरोना संक्रमितको उपचारमा प्रयोग हुने रेम्डेसिभिर औषधि बिना बिल बिजक बिक्री गरेको पाएपछि सञ्चालकलाई दुई लाख जरिवाना गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मेडिकल कलेजको हाताभित्र सञ्चालित बुद्ध नेपालगञ्ज फार्मेसीले बिना बिल रेम्डेसिभिर औषधि बिक्रि गरेको पाइएपछि उपभोक्त संरक्षण ऐन २०७५ बमोजिम दुई लाख जरिवाना गरिएको हो ।

यसैबीच जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, औषधि व्यवस्थापन कार्यालय , वाणिज्य कार्यालय र उपभोक्ता संरक्षण मञ्च बाँकेको संयुक्त बजार अनुगमन टोलीले सोमबार नेपालगञ्जबाट ३८ सिलिण्डर अक्सिजन सिलिण्डर बरामद गरेको छ।

नेपालगञ्जका बिभिन्न स्थानमा अनावश्यक रुपमा मौजदात गरी राखिएको अवस्थामा फेला परेपछि ग्यास सिलिण्डर बरामद गरी जिल्ला प्रशासन कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा