शनिबार, साउन ३० २०८३
ताजा अपडेट

गण्डकीमा फेरि गुरुङ नै मुख्यमन्त्री बन्ने सम्भावना बलियो


  • मंगलबार, बैशाख २८ २०७८
13.6K
SHARES

तस्विरः फाइल

गण्डकी प्रदेशमा फेरि पृथ्वीसुब्बा गुरुङ नै मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ । मुख्यमन्त्री गुरुङविरुद्ध प्रदेशसभामा पेश भएको अविश्वासको प्रस्तावमाथि वैशाख २७ गते मतदान हुने भएपछि उनले २६ गते नै राजीनामा दिएका थिए ।

गुरुङको राजीनामापछि प्रदेश प्रमुख सीता पौडेलले दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन तीन दिनभित्र बहुमतको आह्वान गरेकी थिइन् । संयुक्त सरकार गठन गर्न चाहनेले उक्त समयसीमाअनुसार भोलि बुधबार अपराह्न ४ बजेसम्म बहुमतको सदस्यको हस्ताक्षर बुझाउनुपर्नेछ ।

जनमोर्चाले अविश्वासको प्रस्तावमा समर्थन गर्ने भन्दै सरकारको समर्थन फिर्ता लिएपछि कांग्रेस, माओवादी केन्द्र र जसपाका २७ सदस्यले हस्ताक्षर गरी अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।

जनमोर्चाका सांसद कृष्ण थापाले विपक्षी दलहरूले नयाँ सरकार गठनका लागि गरेको प्रस्तावमा हस्ताक्षर गर्न नमानेपछि गठबन्धनलाई बहुमत नपुग्ने भएको हो । विपक्षी गठबन्धनमा कुनै चमत्कमार नभए गुरुङ नै मुख्यमन्त्री हुनेछन् ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा