काठमाडौँ । क्यान्टिन व्याबसायमा लागेका द्धय सुनिल शाह र सुनिल महर्जनको संयुक्त अगुवाइमा आज पनि निःशुल्क खाना खुवाइएको छ ।
थापाथली स्थित प्रसुती गृह पछाडीको युएन पार्कमा मजदुर, असहाय तथा सडक व्यक्तिहरुलाई निःशुल्क रुपमा बेलुकाको खाना खुवाइएको हो ।

बेलुका ४ बजेदेखि सुरु गरिएको खाना वितरण कार्यक्रममा २५० भन्दा बढी व्यक्तिलाई खाना, मास्क तथा खानेपानी पनि वितरण गरिएको थियो ।

निषेधाज्ञा सुरु भए पछि मजदुर तथा विपन्न परिवारलाई परेको असरलाई मध्यनजर गर्दै सोमबारबाट निःशुल्क खाना खुवाउने कार्यक्रम सुरु गरिएको व्यावसायी सुनिल शाहले केटिएम खबरलाई बताए । गुणस्तरियता खाना प्रदान गरेका छौँ । खाना वितरण गर्दा विशेष स्वास्थ्य मापदण्ड अपनाएर मात्र बाडेका छौँ व्यावसायी शाह भन्छन् ।

यस विषम परिस्थितीमा मानविय धर्म निर्वाह गर्न निःशुल्क खाना खुवाउन सुरु गरिएको अर्का व्यावसायी सुनिल महर्जनले केटिएम खबरलाई बताए । कसैको भोको पेट देख्न नपरोस् भनेर हामी दुईले एक हप्तासम्मका लागि आफ्नै खर्चमा खाना खुवाउने कार्यक्रम सुरु गरेका हौँ । आज दोश्रो दिन पनि २५० भन्दा बढी व्यक्तिहरुलाई खाना खुवाएका छौँ उनले बताए ।

व्यावसायी चानस बहादुर गिरी भन्छन्–आफ्नै खर्चमा गरिएको यस प्रकारको सामाजिक कामको उच्च सम्मान गर्छु । उहाँहरुसंग मैले पनि केही व्यावासायमा सहकार्य गरिरहेको छु र खाना खुवाउने कार्यक्रमलाई पनि नजिकबाट सहयोग गरेको छु । व्यावसायमा लागेका व्यक्तिहरुले सामाजिक जिम्मेवारी बहन गर्छन् भन्ने गतिलो जवाफ द्धय सुनिलले दिनु भएको छ । यसका लागि विशेष धन्यवाद ज्ञापन गर्छु ।

बेलुका ४ बजेदेखि हरेक दिन शनिबारसम्म खाना खुवाउने कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।










खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।