नेपालमा कोरोनाभाइरस संक्रमण भयावह फैलिएको निष्कर्ष निकाल्दै थाइल्यान्ड र कुवेतले आजदेखि नेपालसँगको हवाइ उडानमा प्रतिबन्धको घोषणा गरेका छन् ।
थाइल्यान्डले आइतबारदेखि लागु हुने गरी नेपालसहित बंगलादेश र पाकिस्तानी नागरिकलाई अर्को सूचना जारी नभएसम्म रोक लगाएको जनाएको हो ।
थाइल्यान्डले नेपालसहितको मुलुकका दूतावासलाई भिसा जारी नगर्न समेत भनेको छ ।
कुवेतले पनि अर्को सूचना जारी नभएसम्म नेपालसहित बंगलादेश, पाकिस्तान र श्रीलंकाली नागरिकलाई आफ्नो मुलुकमा प्रवेश गर्न प्रतिबन्ध लगाउँदै हवाइ उडानमा रोक लगाएको छ ।
बेलायतले बुधबार मध्यरातदेखि नेपालसँगको उडानमा रोक लगाउँदैछ । यसअघि बंगलादेशले पनि नेपालसँगको उडान रोकेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।